
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले इरानको पछिल्लो शान्ति प्रस्तावलाई अस्वीकार गर्ने संकेत दिएपछि इरानको इस्लामिक रिभोलुसनरी गार्ड कर्प्सले आइतबार अमेरिकाले ‘असम्भव’ सैन्य कारबाही वा तेहरानसँगको खराब सम्झौतामध्ये एक रोज्नुपर्ने अवस्था रहेको बताएको छ ।
अप्रिल ८ देखि युद्धविराम लागू भएपछि दुई देशबीचको वार्ता गतिरोधमा रहेको र हालसम्म प्रत्यक्ष वार्ताको एक चरण मात्र सम्पन्न भएको सन्दर्भमा यो टिप्पणी आएको हो ।
तस्निम र फार्स लगायतका इरानी सञ्चारमाध्यमहरूले मध्यस्थकर्ता पाकिस्तानलाई तेहरानले १४ बुँदे प्रस्ताव बुझाएको जानकारी दिएका छन् । तर, ट्रम्पले उक्त प्रस्तावमाथि शंका व्यक्त गर्दै आफूले यसको समीक्षा गर्ने तर यो स्वीकार्य हुन सक्नेमा आफूलाई विश्वास नभएको बताएका छन् ।
‘म इरानले हामीलाई भर्खरै पठाएको योजनाको छिट्टै समीक्षा गर्नेछु तर त्यो स्वीकार्य हुने कल्पना गर्न सक्दिनँ किनभने उनीहरूले पछिल्लो ४७ वर्षमा मानवता र विश्वप्रति जे–जे गरे त्यसको लागि उनीहरूले अझै पर्याप्त मूल्य चुकाएका छैनन्,’ ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन् ।









प्रतिक्रिया