
काठमाडौं । भैरहवाबाट पोखराका लागि उडेको बुध्द एयरको ९एन एमवाई कलसाइनको उडान नम्बर ४६८२ जहाजको नेभिगेसन (आवागमन देखाउने यन्त्र) मा समस्या आएपछि बीच बाटैबाटै फर्किएको छ ।
सोमबार करिब ४ बजे यो जहाजमा पोखरा नपुग्दै देखिएको समस्या कारण भैरहवा नै डाइभर्ट भएको हो ।
जहाजको दिशा अर्थात बाटो पत्ता लगाउने प्रणालीमा आएको समस्याका कारण बुध्द एयरले उक्त जहाजलाई भैरहवा नै अवतरण गरेर आवश्यक जाँच गरिरेहो जानकारी दिएको छ ।





प्रतिक्रिया