धावनमार्ग विस्तार गर्न पौने ७ घण्टा विमानस्थल बन्द हुने


काठमाडौं । धानवमार्ग विस्तारका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज राती पौने १२ बजेदेखि विहान साढे ६ बजेसम्म बन्द हुने भएको छ ।

विमानस्थल कार्यालयका अनुसार आज राती देखि आगामी जेठ ४ गतेसम्म रातीको समयमा कुनै पनि जहाजको उडान अवतरण नहुने गरी नोटाम जारी गरिएको छ ।

विमानस्थल कार्यालयका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जारी गरेको एक सूचना अनुसार विमानस्थल सुधार आयोजनाबाट तय भएको पूर्व निर्धारित कार्यम अनुसार नै विमास्थल बन्द गरेर धावनमार्ग विस्तारको काम भइरहेको छ ।

विमानस्थल बन्द नै गरेर गर्नुपर्ने काम भने करिब एक महिनालाई मात्रै भएको पनि उल्लेख छ ।