
एजेन्सी । इरान र अमेरिकाबीच दुई हप्ते युद्धविराम सकिनै लाग्दा इस्लामिक रिभोल्युसनरी गार्ड कर्प्सले आफ्ना सैनिकहरू युद्धमैदानको अस्थायी मौनताका बीच ‘औंला ट्रिगरमा राखेर’ बसेको बताएको छ ।
सेना र आईआरजीसी दुवै कुनै पनि शत्रुतापूर्ण कार्यको शक्तिशाली र निर्णायक जवाफ दिन तयार रहेको गाड्र्सले चेतावनी दिएका छन् । साथै, कुनै पनि तनाव बढेमा विपक्षीहरूले ठूलो धक्का र अपमानजनक हार बेहोर्नुपर्ने पनि उसले थपेको छ ।
यी टिप्पणीहरू इजरायल र लेबननबीच भएको १० दिने कमजोर युद्धविरामको बीचमा आएका हुन् । उक्त युद्धविराम स्थानीय समय अनुसार बिहीबार मध्यरातदेखि लागू भएको थियो ।
युद्धविराम उल्लंघनका आरोपहरू र हिजबुल्लाहसँग सम्बन्धित सीमापार तनावका रिपोर्टहरू आइरहेको भए पनि सरकारी चेतावनीका बावजुद विस्थापित लेबननी नागरिकहरू दक्षिणतर्फ आफ्नो घर फर्कन थालेका छन् ।
अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले युद्धविरामको स्वागत गर्दै शान्तिको आशा व्यक्त गरेका छन् र व्यापक शान्ति प्रगतिको संकेत दिएका छन् । अर्कोतर्फ, इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले यसलाई हिजबुल्लाहको निःशस्त्रीकरणको शर्तमा एक ऐतिहासिक सम्झौतातर्फको सम्भावित कदमको रूपमा वर्णन गरेका छन् ।










प्रतिक्रिया