१५ दिनमै तेस्रो पटक बढ्यो हवाई भाडा, धनगढी जान साढे २३ हजारसम्म तिर्नुपर्ने

1.2k
Shares

काठमाडौं । इन्धनको मूल्य वृद्धिका कारण पछिल्लो १५ दिनमै हवाई भाडा तीन पटक बढेको छ । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य बढाएको भन्दै आन्तरिक वायुसेवा कम्पनीहरूले पनि इन्धनबापतको शुल्क (फ्युल सरचार्ज) थप गरेर हवाई भाडा बढाएका हुन् ।

वायुसेवा कम्पनीहरूले लिने आधारभूत हवाई भाडा २०७३ देखि नबढेको भनिए पनि इन्धनबापतको शुल्क टिकटमै जोडिएर आउने भएकाले हवाई यात्रा महँगो भएको हो ।

चैत १७ मा आयल निगमले प्रतिलिटर १२४ रुपैयाँ रहेको हवाई इन्धनको मूल्य बढाएर २५१ रुपैयाँ पुर्‍याएपछि हवाई भाडा बढेको थियो । त्यसपछि चैत २७ मा पुनः मूल्य बढेर २५७ रुपैयाँ पुग्यो । इन्धनको मूल्य बिहीबारदेखि फेरि बढेको छ । आयल निगमले बिहीबार बिहानदेखि लागू हुने गरी आन्तरिक हवाई इन्धनको मूल्य ५ रुपैयाँले बढाएर २६२ रुपैयाँ प्रतिलिटर पुर्‍याएको छ।

यो मूल्य वृद्धिसँगै आन्तरिक वायुसेवाले इन्धनबापतको लागत बिहीबारदेखि नै लागू हुने गरी बढाएका छन्। जसका कारण अब काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरा जान ३ हजार ४ सय ४० रुपैयाँदेखि ५ हजार १९५ रुपैयाँसम्म खर्च हुने भएको छ।

आन्तरिक उडानमा सहरी क्षेत्रका विमानस्थलमध्ये सबैभन्दा टाढाको गन्तव्य काठमाडौंबाट धनगढी जान न्यूनतम १४ हजार ९ सय ४४ र अधिकतम २३ हजार ५ सय ४६ रुपैयाँ खर्च हुने गरी आन्तरिक वायुसेवा कम्पनीहरूले हवाई भाडाको नयाँ दर तय गरेका छन्।

आन्तरिक वायुसेवाका प्रमुख सहरी क्षेत्रका विमानस्थलमा जादाँ लाग्ने भाडादर

क्रसं.क्षेत्र (गन्तव्य)न्यूनतम भाडाभ्याटअधिकतम भाडाभ्याटनयाँ इन्धन शुल्कयात्रु सेवा शुल्कजम्मा न्यूनतम भाडादरजम्मा अधिकतम भाडादर
काठमाडौं-माउन्टेन१९७१२५६७८८६१०२५८९९५५००११७२२१८४०६
काठमाडौं-भद्रपुर१७२५२२४६९००८९७७८७०५००१०३२०१६१६७
काठमाडौं-विराटनगर१३८०१७९५५१८७१७६२९४५००८३५३१३०३०
काठमाडौं-जनकपुर७३९९६२९५६३८४३३६७५००४७०३७२०८
काठमाडौं-भरतपुर६१६८०२४६३३२०२८०८५००४००४६०९१
काठमाडौं-पोखरा९१२११९३६४७४७४४१५८५००५६८९८७८०
काठमाडौं-भैरहवा११८३१५४४७३१६१५५३९६५००७२३२११२४२
काठमाडौं-नेपालगन्ज१८७२२४३७४९०९७४८५४३५००१११५८१७५०७
काठमाडौं-धनगढी२५३८३३०१०१५०१३२०११५७७५००१४९४५२३५४६
१०काठमाडौं-तुम्लिङटार१०६०१३८४२३९५५१४८३१५००६५२८१०१२१
११काठमाडौं-सिमरा५१७६७२०७०२६९२३५६५००३४४०५१९५
१२काठमाडौं-राजविराज२५४६३३१४५२७५८९५३५६५००८७३३१०९७२
१३पोखरा-भरतपुर६३८८३२५५२३३२२९१०५००४१३१६२९४
१४पोखरा-भैरहवा७४०९६२९६१३८५३३७३५००४७०९७२१९
१५पोखरा-नेपालगन्ज१३६२१७७५४५०७०९६२१५५००८२५४१२८७४