
काठमाडौं । सरकारकाले शनिबार र आइतबार गरी दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
आइतबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद बैठकले शनिबार र आइतबार विद्यालय, सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको हो।
पेट्रोलियम आपूर्तिमा सहजताका लागि चैत २३ गतेदेखि लागू हुनेगरि सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्था शनिबार र आइतबार बिदा दिने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
यस्तै, पेट्रोल र डिजेलबाट चल्ने सवारीसाधनलाई विद्युतीयमा रुपान्तरण गर्ने निर्णय पनि सरकारले गरेको छ ।










प्रतिक्रिया