
जुम्ला । जिल्लाको तिला गाउँपालिका–३ स्थित कुडारी बजारको एक घरमा आगलागी हुँदा एक जना विद्यार्थीको मृत्यु भएको छ ।
गए राति करिब १ः०० बजेतिर घरमा आगलागी हुँदा कक्षा १० मा अध्यनरत १५ वर्षीय क्षितिज खत्रीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक निर्देश बरालले जानकारी दिए ।
सुर्खेत बस्दै आएका उनी एसइइ परीक्षा दिनका लागि कुडारीस्थित आफ्नो घरमा आएका थिए ।
जिल्लाबाट प्रहरीको टोली घटनास्थल पुगेर मुचुल्का उठाउन थालेको जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ ।
घटनास्थल पुगेका वडाध्यक्ष धनबहादुर शाहीका अनुसार घरमा आगलागी हुँदा सुतेकै अवस्थामा निसास्सिएर खत्रीको मृत्यु भएको हुनसक्छ ।
खत्रीको शव परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याएको तिला गाउँपालिका अध्यक्ष मोतिलाल रोकायाले जानकारी दिए ।








प्रतिक्रिया