
काठमाडौं । दोलखा क्षेत्रको लाप्चा चरिकोटबाट सम्पर्कविहीन भएको मुस्ताङ एयरको हेलिकप्टरमा क्याप्टेनसहित छ जना सवार रहेका पाइएको छ । क्याप्टेन सुरज थापाले उडाएको मुस्ताङ एयरको ९एन एएनओ हेलिकप्टरको अवस्था भने अज्ञात छ ।
एयरवसको एस३५० बीथ्री उक्त हेलिकप्टर सम्पर्कविहीन भएको खबर आएकोले आवश्यक सोछपुछ भइरहेकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।
विमानस्थल कार्यालयका अनुसार रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको छ । हेलिक्टर हराएको जानकारी आएकोले सोधपुछ गरेर खबर गर्ने विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए ।
मुस्ताङ एयरका अनुसार लाङटाङको लाप्चे भन्ने ठाउँमा हेलिक्टर अवरतरण गरेको भन्ने खबर आएको छ । त्यो ठाउँमा नेपाली सेनाको सहयोगमा पुग्ने प्रयास भइरहेको छ । हेलिको अवस्था के छ भन्ने विषयमा जानकारी संकलन गर्ने प्रयास भइरहेको पनि मुस्ताङ एयरले जानकारी दिएको छ ।








प्रतिक्रिया