बेलायती दूतावासले प्रधानमन्त्री बालेन्द्रलाई दियो बधाई

91
Shares

काठमाडौं । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई काठमाडौंस्थित बेलायती दूतावासले बधाई दिएको छ ।

आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा उसले प्रधानमन्त्री शाहलाई बधाई दिएका हुन् ।

दूतावासले लेख्यो, ‘श्री बालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई । नेपालसँग बेलायतको मित्रता अहिलेको समयको आवश्यकता अनुरूप आर्थिक वृद्धि, युवा रोजगारी र जलवायु उत्थानशीलतामा केन्द्रित रहँदै एक आधुनिक साझेदारीमा रूपान्तरण भइरहेको छ । नयाँ सरकारले आफ्ना प्राथमिकताहरू निर्धारण गरिरहँदा हामी यी र अन्य क्षेत्रहरूमा सहकार्य गर्न उत्सुक छौं ।’