मुस्ताङ एयरको हेलिकप्टर लाङटाङ क्षेत्रमा सम्पर्कविहीन

637
Shares

काठमाडौं । मुस्ताङ एयरको हेलिकप्टर लाङटाङ क्षेत्रमा सम्पर्कविहीन भएको छ । लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको ९एन एनओ कलसाइनको एस३५० बीथ्री हेलिकप्टर सम्पर्कविहीन भएको खबर आएकोले आवश्यक सोछपुछ भइरहेकेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

विमानस्थल कार्यालयका अनुसार रसुवाको लाङटाङ क्षेत्रमा मुस्ताङ एयरको हेलिकप्टर शुक्रबार दिउँसो साढे १ बजेदेखि सम्पर्कविहीन भएको छ । हेलिक्टर हराएको जानकारी आएकोले सोधपुछ गरेर खबर गर्ने विमानस्थलका प्रवक्ता सन्तुष्टकुमार बस्नेतले जानकारी दिए ।

मुस्ताङ एयरका अनुसार लाङटाङको लाप्चे भन्ने ठाउँमा हेलिक्टर अवरतरण गरेको भन्ने खबर आएको छ । त्यो ठाउँमा नेपाली सेनाको सहयोगमा पुग्ने प्रयास भइरहेको छ । हेलिको अवस्था के छ भन्ने विषयमा जानकारी संकलन गर्ने प्रयास भइरहेको पनि मुस्ताङ एयरले जानकारी दिएको छ ।