
एजेन्सी । नेपालका नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई सन्देश पठाएका छन् ।
आफ्नो आधिकारिक सामाजिक सञ्जाल अकाउन्टमा उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई दिएका हुन् ।
मोदीले लेखे, ‘श्री बालेन्द्र शाहज्यूलाई नेपालको प्रधानमन्त्रीको रूपमा सपथ ग्रहण गर्नुभएकोमा हार्दिक बधाई । तपाईंको नियुक्तिले तपाईंको नेतृत्वप्रति नेपाली जनताले गरेको विश्वासलाई प्रतिबिम्बित गर्छ । हाम्रा दुई देशका जनताको आपसी हितका लागि भारत–नेपाल मित्रता र सहयोगलाई अझ नयाँ उचाइमा पुर्याउन म तपाईंसँग निकट रहेर काम गर्न उत्सुक छु ।’









प्रतिक्रिया