
काठमाडौं । काठमाडौंबाट सुर्खेत जाँदै गरेको यात्रुवाहक बसमा आगो लागेर जलेको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका कार्यवाहक अध्यक्ष सरोज सिटौलाका अनुसार काठमाडौंबाट सुर्खेत जाँदै गरेको ना ७ ख ६०४८ नम्बरको रात्री बसमा आज बिहान ४ बजे लुम्बिनी प्रदेशको कपिलवस्तु जिल्लास्थित सिसिरिया पुल नजिक आगलागी भएको थियो ।
बसको पछाडिको गुड्दै गरेको दुवै टायरमा एक्कासीको आगोको लप्का देखापरेको थियो । ति दुवै टायर नजिकै रहेको तेलको ट्याँकीलाई समेत आगोको लप्काले समातेपछि उक्त बस पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगोका कारण बसका दुवै टायर जलेर पड्केको थियो ।
दमकल र प्रहरी घटनास्थलमा पुग्न करिब २ घण्टा ढिलो हुँदो बस पूर्ण रुपमा जलेर नष्ट भएको बसका चालक नरेन्द्र बिश्वकर्माले जानकारी दिएका छन् ।
चालक विश्वकर्माका अनुसार बसमा आगो लागेपछि बसमा सवार रहेका ३८ जना यात्रु र सामान बाहिर निकालिएको थियो । यसले कुनै पनि मानवीय क्षति हुन पाएन ।








प्रतिक्रिया