
काठमाडौं । सेयर बजारमा सामान्य अंकको गिरावट आएको छ । साताको कारोबारको चौथो दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १.६४ अंकले घटेर २६८१.५० बिन्दुमा रोकिएको हो ।
अघिल्लो कारोबार दिन मंगलबार पनि नेप्से १२.५८ अंकले घटेको थियो ।
आज नेप्सेमा कुल ७ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल ८ अर्ब ५७ करोड माथिको कारोबार भएको थियो ।
बुधबार कारोबारमा आएकामध्ये ११३ कम्पनीको सेयर मूल्य बढ्दा १३४ कम्पनीको घटेको छ ।
यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ । आज चार कम्पनीको सेयर मूल्यमा सकारात्क सर्किट लागेको छ ।










प्रतिक्रिया