
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.५३ अंकले घटेर २७१४.०५ बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से ५.०८ अंकले बढेको थियो ।
त्यसअघि, मंगलबार नेप्से ४२.५८ अंकले रसोमबार ३.०७ अंकले घटेको थियो । आइतबार भने नेप्सेमा ५७.५५ अंकको वृद्धि भएको थियो ।
बुधबार नेप्सेमा कुल १४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन बिहीबार भने नेप्सेमा कुल ११ अर्ब ३९ करोड माथिको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये ८५ कम्पनीको सेयर मूल्य बढ्दा १७० कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।








प्रतिक्रिया