नेप्सेमा सामान्य अंकको सुधार, साढे ११ अर्बको कारोबार


काठमाडौं । सेयर बजार सामान्य अंकले बढेर बन्द भएको छ । साताको कारोबारको चौथो दिन बुधबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.३८ अंकले बढेर बन्द भएको हो ।

अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ४२.५८ अंकले घटेर २७२६ बिन्दुमा कायम भएको थियो ।

बुधबार नेप्सेमा कुल ११ अर्ब ४९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन मंगलबार भने नेप्सेमा कुल १३ अर्ब ९५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।

बुधबार कारोबारमा आएकामध्ये १४१ कम्पनीको सेयर मूल्य बढ्दा ११२ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।