
काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा रोकिएको हो ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३.०७ अंकले घटेको थियो । तर, आइतबार भने नेप्से एकै दिन ५७.५५ अंकले बढेको थियो ।
मंगलबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा १६ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।








प्रतिक्रिया