५७.५५ अंकले बढ्दै नेप्से २७७२ बिन्दुमा, १३ अर्ब ७८ करोडको कारोबार


काठमाडौं । सेयर बजारमा उच्च अंकको सुधार आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५७.५५ अंकले बढेर २७७२.१७ बिन्दुका उक्लिएको छ ।

अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से ९.२३ अंकले बढेको थियो ।

आइतबार नेप्सेमा कुल १३ अर्ब ७८ करोड माथिको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ९ अर्ब माथिको कारोबार भएको थियो ।

आइतबार कारोबारमा आएकामध्ये २४० कम्पनीको सेयर मूल्य बढ्दा १९ कम्पनीको घटेको छ । यस्तै, १ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज आठ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सबै समूह सूचकमा हरियाली छाएको छ ।