निर्वाचन चहलपहलले नेप्सेमा ४२ अंकको सुधार, ११ अर्ब ८५ करोडको कारोबार


काठमाडौं । सेयरस बजारमा उच्च अंकको सुधार आएको छ । मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.२६ अंकले बढेर २७१४.८१ बिन्दुमा उक्लिएको छ ।

अघिल्लो कारोबार दिन आइतबार पनि नेप्से ३१.१२ अंकले बढेको थियो । सोमबार भने सार्वजनिक विदा थियो ।

मंगलबार नेप्सेमा कुल ११ अर्ब ८५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । आइतबार भने नेप्सेमा ८ अर्ब ३५ करोड रुपैयाँको कारोबार भएको थियो ।

मंगलबार कारोबारमा आएकामध्ये २२४ कम्पनीको सेयर मूल्य बढ्दा ३१ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज गुर्खाज फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसअघि तोकिएको समयमा निर्वाचन हुने नहुने अनिश्चितता रहेको स्थिति थियो ।

तर, मंगलबार निर्वाचनका लागि उल्लासमय ढंगमा उम्मेदवार मनोनयन दर्ता चलिरहँदा बजारले पनि गति लिएको हो ।