निर्वाचन माहोलले हौसियो सेयर बजार, सूचक ५१ अंकले बढ्दै २७२३ बिन्दुमा उक्लियो


काठमाडौं । आगामी फागुन २१ गते हुने निर्वाचनको माहोलले सेयर बजारमा सकारात्मकता छाएको छ ।

मंगलबार एक बजेसम्म सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.१५ अंकले बढेर २७२३ बिन्दुमा उक्लिएको छ ।

समाचार तयार पार्दासम्म नेप्सेमा कुल ६ अर्ब ९६ करोड माथिको कारोबार भएको छ ।

दिउँसो एक बजेसम्म कारोबारमा आएकामध्ये २४२ कम्पनीको सेयर मूल्य बढ्दा १३ कम्पनीको घटेको छ । यस्तै, ५ कम्पनीको मूल्य भने स्थिर छ ।

यसअघि तोकिएको समयमा निर्वाचन हुने नहुने अनिश्चितता रहेको स्थिति थियो । तर, मंगलबार निर्वाचनका लागि उल्लासमय ढंगमा उम्मेदवार मनोनयन दर्ता चलिरहँदा बजारले पनि गति लिएको हो ।