
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्थाको एफपीओ बाँडफाँट गरिएको छ । पुस २१ देखि २४ सम्म बिक्री खुला भएको एफपीओ धितोपत्र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको कार्यालयमा आज बिहान बाँडफाँट गरिएको हो ।
साविकको नयाँ सारथि लघुवित्त वित्तीय संस्था र विजय लघुवित्त वित्तीय संस्थाको मर्जरपछि ७४ कोड ५० लाख ४० हजार ३५९ रुपैयाँ चुक्ता पुँजी पुगेको रहेको लघुवित्तको संस्थापक र सर्वसाधारण समूहको सेयर स्वामित्व ७४.३९ः२५.६१ थियो ।
सोही अनुपात समायोजन लघुवित्तले १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता साधारण सेयर थप सार्वजनिक निष्कासन गरेको हो । २१ लाख ९९ हजार २६ आवेदकमध्ये बाट २ करोड ५० लाख ४१ हजार कित्ता सेयर माग भएको थियो ।
मागभन्दा बढी आवेदन परेपछि गोलाप्रथाबाट एफपीओ बाँडफाँट गरिएको हो । ४६ हजार ६८१ आवेदकले १० कित्ताका दरले सेयर पाएका छन् भने ७ जनाले थप १–१ कित्ता सेयर पाएका छन् । २१ लाख ४९ हजार ३५३ सदर आवेदकको हात खाली भएको छ ।








प्रतिक्रिया