हाइजीन ब्राण्डको गुणस्तरहिन म्याङ्गो ड्रिक्स र रोयल आसाम चिया बजारबाट फिर्ता लैजान निर्देशन


काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गुणस्तरहिन पेय पदार्थ म्याङ्गो ड्रिक्स फिर्ता लिन उत्पादक उद्योगलाई निर्देशन दिएको छ ।

विभागका प्रवक्ता डा.बालकुमारी शर्माका अनुसार झापाको कमल गाउँपालिकास्थित हाइजिन प्याक नेपाल प्राइभेट लिमिटेडबाट उत्पादित ब्याच नम्बर एनएमआर १०७ एम वान र उत्पादन मिति २०२५ पुस २७ गते रहेको हाइजीन ब्राण्डको म्याङ्गो ड्रिक्स बजारबाट फिर्ता लैजान उद्योगलाई निर्देशन दिइएको हो ।

उक्त म्याङ्गो ड्रिक्स न्यून गुणस्तरको भेटिएकाले बजारबाट फिर्ता लैजान निर्देशन दिइएको विभागले जनाएको छ ।

यस्तै विभागले झापाको भद्रपुरस्थित मोडर्न टि इण्डस्ट्रिजबाट उत्पादित ब्याच नम्बर डब्लुसी ३३० पी र उत्पादन मिति २०८२ असोज २३ रहेको रोयल ब्राण्डको ५ सय ग्रामको चिया बजारबाट फिर्ता लैजान निर्देशन दिएको छ ।

उक्त चिया न्यून गुणस्तरको भेटिएकाले बजारबाट फिर्ता लैजान निर्देशन दिइएको हो ।