चिसोमा न्यानोपन बाँड्दै काठमाडौं युरो स्कूल


काठमाडौं । बढ्दो चिसोका कारण बालबालिकाको दैनिकी र शिक्षामा असर नपरोस् भन्ने उद्देश्यले सामाजिक दायित्व अन्तर्गत काठमाडौं युरो स्कूलले न्यानो कपडा वितरण गरेको छ । वर्षेनी गर्दै आएको यस्तो कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिएको काठमाडौं युरो स्कुलले जानकारी दिएको छ ।

काठमाडौं युरो स्कूल परिवारको नुवाकोट र लमजुङका तीन वटा विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको हो । नुवाकोटको दुप्चेश्वर काउलेश्वरी माध्यमिक विद्यालय, सूर्यगढीस्थित कालिका माध्यमिक विद्यालय र लमजुङको पाणिनी माध्यमिक विद्यालयका करिब ७०० जना विद्यार्थीहरूलाई न्यानो कपडा वितरण गरिएको जानकारी दिएको छ ।

कार्यक्रमका क्रममा विद्यालयका अध्यक्ष प्रमोद पाण्डेले न्यानो कपडा वितरण गर्दै आफूहरुको बाँडेको न्यानोपनले बालबालिकालाई चिसोबाट जोगान केही हदसम्म भएपनि सहयोग गर्ने बताए ।

काठमाडौं युरो स्कूलका अभिभावक, विद्यार्थी, बाल क्लब तथा शिक्षक–कर्मचारीहरूको सक्रिय सहभागितासहितको उक्त कार्यक्रमले विद्यार्थीहरूमा करुणा, सहकार्य र सामाजिक उत्तरदायित्वको भावना विकास गर्न सहयोग पुगेको दाबी काठमाडौं युरो स्कुलले गरेको छ ।

काठमाडौं युरो स्कूलले शिक्षा सँगसँगै समाजसेवामूलक कार्यक्रमलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गर्दै, कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैप्रति हार्दिक धन्यवादसमेत व्यक्त गरेको छ ।