कांग्रेसको विशेष महाधिवेशनमा २ हजार ६ सय ६२ प्रतिनिधि सहभागी


काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनमा पहिलो दिन २ हजार ६ सय ६२ जना प्रतिनिधि सहभागी भएका छन्।

विशेष महाधिवेशनको सचिवालयले जारी विज्ञप्तिअनुसार आइतबार राति ९ बजेसम्म २ हजार ६ सय ६२ प्रतिनिधिहरूको नामावली दर्ता गराएका छन्।

जसअनुसार कोशी प्रदेशबाट ४२५, मधेश प्रदेशबाट ४४६, बागमतीबाट ४३२, गण्डकीबाट २९६, लुम्बिनीबाट ३९८, कर्णालीबाट १३४, सुदूरपश्चिम प्रदेशबाट १५८, उपत्यकाका तीन जिल्लाबाट १७८ र भातृ शुभेच्छुक र जनसम्पर्क समितिबाट १९५ जना प्रतिनिधि छन्।

सचिवालयबाट युवराज पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार सोमबारसमेत प्रतिनिधिहरूको नाम दर्ता हुनेछ। सोमबार विहान ८ बजेबाट नाम दर्ता हुने तथा बन्द सत्र विहान १० बजेबाट हुने बताएको छ।