
काठमाडौं । उज्यालो नेपाल नेपाल पार्टीको आकस्मिक केन्द्रीय समितिको बैठक बोलाइएको छ । शनिबार अपरान्ह ४ बजे बस्ने गरी बैठक बोलाइएको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता प्रक्रिया भाँडिएसँग केन्द्रीय समितिको बैठक बोलाइएको हो ।
कुलमान घिसिङ उपसभापति पद हुने गरी दुई पक्षमा सहमति बनेको थियो । पदाधिकारी, केन्द्रीय सदस्य पदमा दुई पक्षमा कुरा मिल्न सकेको थिएन । समानुपातिक उम्मेदवार पूर्व सहमति अनुसार लागु नभएको उज्यालो नेपालले जनाएको छ ।
पछिल्लो समयमा शक्ति वाँडफाँडको क्रममा संवाद हुँदा कुलमान पूर्ववत सहमतिबाट पछि हटेको रास्वपा पक्षले जनाएको छ ।
यसैबीच उज्यालो पार्टीले साँझ ६ बजे त्रिपुरेश्वरस्थित पार्टी कार्यालयमा आकस्मिक पत्रकार सम्मेलनको आयोजना गरेको छ ।








प्रतिक्रिया