
काठमाडौं । अन्तरिम सरकारमा तीन वटा शक्तिशाली मन्त्रालयको जिम्मेवारी सम्हालेका कुलमान घिसिङले राजीनामा दिएका छन् ।
ऊर्जा, जलस्रोत तथा सिंचा, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासको जिम्मेवारी सम्हालेका घिसिङले राजीनामा दिएको र त्यसको घोषणा पत्रकार सम्मेलनमार्फत दिने भएका छन् ।
उनले राजीनामा दिएको घोषणा गर्न बुधबार राति ९ बजेलाई पत्रकार सम्मेलन बोलाएका छन् । उनले सक्रिय राजनीतिमा लाग्ने घोषणा गर्ने सम्भाना रहेको जनाइएको छ । उनी रास्वपाका उपसभापति हुने सहमति यसअघि बाहिरिएको थियो ।
अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले दलमा लागेका मन्त्रीहरुलाई राजीनामा दिन आग्रह गरेकी थिइन् ।








प्रतिक्रिया