
काठमाडौं । सोलु हाइड्रोपावरले पुस २९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले ८२ लाख कित्ता सेयर सर्वसाधरणका लागि निष्काशन गन लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल २ करोड कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेकालाई १० लाख कित्ता सेयर निष्कासन गरिसकेको छ ।
कम्पनीले अब बाँकी ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीमा कार्यरत कर्मचारीका लागि सुरक्षित गरी बाँकी रहेको ८२ लाख कित्ता आईपीओ सर्वसाधारणका लागि खुला गर्न लागेको हो ।
यस कम्पनीको आईपीओमा पुस २९ गतेदेखि माघ ४ गतेसम्म आवेदन दिन सकिन्छ । तर उक्त अवधिमा पर्याप्त आवेदन नपरेको खण्डमा भने माघ १४ गतेसम्म निष्कासन अवधि लम्बिनेछ ।
यो आइपीओमा आवेदन दिन चाहनेले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यस कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ ।








प्रतिक्रिया