झापा-५ बाट ओलीको एकल नाम सिफारिस


काठमाडौं । आगामी आसन्न निर्वाचनको लागि उमेद्वारको रुपमा झापा क्षेत्र ५ बाट एमाले अध्यक्ष केपी शर्मा ओलीको सवसम्मत रुपमा एकल नाम सिफारिस भएको छ ।

आज बसेको नेकपा एमाले झापा निर्वाचन क्षेत्र नम्बर ५ को बैठकले आगामी निर्वाचनमा प्रत्यक्ष तर्फ उम्मेदवारको रुपमा ओलीको एकल नाम सिफारिस गरेको हो ।

उक्त क्षेत्रबाट उम्मेदवार बन्न अरु पनि आकाक्षी भएपनि अध्यक्ष ओलीका लागि सर्वसम्मत रुपमा सो क्षेत्र छाडिएको एमाले झापाका सचिव तुलसी कार्कीले बताए ।

यस अघि २०७९ र २०७४ को निर्वाचनमा ओली सो क्षेत्रबाट उम्मेदवार बन्दै विजयी भएका थिए । झापामा ५ वटा निर्वाचन क्षेत्र रहेको छ । ती क्षेत्रमा पनि उम्मेदवार सिफारिसका लागि आज बैठकको आयोजना गरिएको छ ।