
काठमाडौं । सालपा विकास बैंकको आईपीओ बिक्री खुला भएको छ । बैंकले पुस १६ गते (बुधबार)देखि सर्वसाधरण लगानीकर्ताका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गरेको हो ।
१४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ बराबरको १४ लाख ३९ हजार १७९ कित्ता साधारण सेयर बैंकले सर्वसाधारणका लागि निष्काशन गरेको हो । सो आईपीओ १० कित्ताका दरले १ लाख ४३ हजार ९१७ जनालाई पर्नेछ ।
बैंकले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५२ करोड २३ लाख ८८ हजार रुपैयाँको ३३ प्रतिशत अर्थात् १७ करोड २३ लाख ८८ हजार रुपैयाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता साधारण सेयर निष्काशनका लागि अनुमति पाएको थियो ।
जसमध्ये कम्पनीले पहिलो चरणमा १ लाख ७२ हजार ३८८ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरी बाँडफाँट गरिसकेको छ भने ८६ हजार १९४ कित्ता सेयर सामूहिक लगानी कोषहरुका लागि छुट्याइसकेको छ ।
त्यस्तै कम्पनीले जारी पुँजीको ०.५० प्रतिशत अर्थात २६ हजार ११९ कित्ता सेयर कम्पनीका कर्मचारीलाई पनि सुरक्षीत गरी अब दोस्रो चरणमा १४ लाख ३९ हजार १७९ कित्ता साधारण सेयर सर्वसाधारण लगानीकर्ताहरुका लागि निष्काशन गरेको हो ।
प्रतिकित्ता १०० रुपैयाँका दरले निष्काशन गरिएको १४ लाख ३९ हजार १७९ कित्ता सेयरको कुल रकम १४ करोड ३९ लाख १७ हजार ९०० रुपैयाँ हुन आउँछ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ । पुस १५ गतेदेखि खुला भएको आईपीओमा २० गतेसम्म आवेदन दिन सकिनेछ । यदि माग अनुसारको आवेदन पुरा नभएमा आवेदन दिने म्याद ३० गतेसम्म लम्बिनेछ ।








प्रतिक्रिया