चाँदी आयातमा राष्ट्र बैंकको सहजीकरण, महिनामा एकपटक आयात गर्दा एकसाथ ४ गुणा बढीको सीमा


काठमाडौं । महिनामा एक पटक मात्रै चाँदी आयात गर्नेले एकैपटकमा चार गुणा बढीसम्म आयात गर्न सक्ने भएका छन् । आतबार नेपाल राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक परिपत्र मार्फत उक्त व्यवस्था गरेको थियो ।

उद्योगीले एक पटकमा बढीमा ५ लाख डलरसम्मको चाँदी आयात गर्न पाउने व्यवस्था रहेकामा अब एकैपटक २० लाख अमेरिकी डलरसम्मको आयात गर्न पाउने भएका छन् । तर, २० लाख डलरसममको आयात गर्नेले महिनामा एक पटक मात्रै उक्त सीमा अनुसार आयात गर्न पाउने राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागका कार्यकारी निर्देशक किरण पण्डितले बताए ।

उद्योगी व्यवसायीले एक पटकमा ५ लाख डलरसमम्को आयात गर्दा एक पटकभन्दा बढी आयात गर्नुपर्ने र त्यसले आयात लागत बढ्न भएकोले एक महिनामा एक पटक मात्रै आयात गर्नेलाई चार गुण बढीसम्मको आयात गर्नसक्ने व्यवस्था गरेको उनले बताए ।

अन्य सुनचाँदी व्यवसायीले पनि एक पटकमा १ लाख डलरको चाँदी आयात गर्न पाउनेमा अब महिनामा एकपटक मात्रै आयात गर्दा ४ लाख डलरसम्म आयात गर्न पाउने व्यवस्था भएको छ । एकपटकमा ५लाख र १ लाख डलर बराबरको आयात गर्दा महिनामा जति पनि आयात गर्न सक्ने भए पनि महिनामा एकपटक मात्रै आयात गर्नेलाई भने २० लाख र ४ लाख डलरसम्मको सुविधा दिएको राष्ट्र बैंकले जनाएको छ ।