बालुवाटारमा प्रधानमन्त्रीसँग देउवा, ओली र प्रचण्डको छलफल जारी


काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसहित मुख्य दलका शीर्ष नेताहरूको छलफल बालुवाटारमा जारी छ।

छलफल मुलुकको राजनीतिक घटनाक्रममा साथै आसन्न प्रतिनिधिसभाको निर्वाचन लगायतका विषयका केन्द्रीय रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

छलफलमा प्रधानमन्त्री कार्कीसहित नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल लगायत सहभागी छन्।