
काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट २५ अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ । केन्द्रीय बैंकले निक्षेप संकलन बोलकबोलमार्फत तरलता प्रशोचन गर्ने भएको हो ।
बुधबार निक्षेप संककलन बोलकबोलमार्फत १६ दिनको लागि २५ अर्ब निक्षेप संकलन बोलकबोल गर्ने भएको हो । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि केन्द्रीय बैंकले पछिल्लो समय लगातार तरलता प्रशोचन गरीरहेको छ । केन्द्रीय बैंकले निक्षेप संकलन उपकरण बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत पनि तरलता प्रशोचन गरिरहेको छ ।
निक्षेप संकलनको बोलकबोल बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिनेछ । निक्षेप संकलन उपकरणको बोलकबोलमा वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु मात्रै सहभागी हुन पाउने छन् ।
निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत् जम्मा गर्न चाहेको रकम र ब्याजदर (दशमलव पछिको हकमा चार अंकसम्म) उल्लेख गर्नु पर्नेछ ।
बैंकिङ प्रणलीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकको पुस ८ गतेको तथ्यांकअनुसार बैंकहरुले राष्ट्र बैंकमा पार्क गरेको तरलता ८ खर्ब ८० अर्ब १५ करोड रुपैयाँ पुगेको छ ।








प्रतिक्रिया