बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलको प्रतिवेदन

क्रस होल्डिङ भएका संस्था मर्जर गरेर अध्यक्ष र सीईओ नयाँ चयन गर्नुपर्छ


काठमाडौं । बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलले क्रस होल्डिङ भएका बैंक तथा वित्तीय संस्थालाई मर्जरमा जाने व्यवस्था गर्न सुझाव दिएको छ । गभर्नर डा. विश्वनाथ पौडेलले गत जेठमा गठन गरेको कार्यदले गत असारमा बुझाएको प्रतिवेदन मंगलबार सार्वजनिक गरेको हो ।

उक्त प्रतिवेदनमा कार्यालले क्रस होल्डिङ भएका बैंकलाई मर्जरमा लैजान सुझाव दिएको हो । कार्यदलले मर्जरमा लैजाँदा प्रश्स्त समय दिनुपर्ने सुभाव दिको छ । ‘मर्जर तथा एक्विजिसन हडबडमा हैन, असाध्य सतर्कतासाथ गर्नुपर्ने विषय हो । यसमा सञ्चालन, सफ्टवेयर, प्रडक्ट आदिको एकीकरणका अलावा मानव संशाधनको (सञ्चालक समितिदेखि तल्लो तहसम्मको) संयोजन गर्नुपर्ने हुन्छ,’ कार्यदलको सुझावमा भनिएको छ, ‘जुन संस्थाहरूले यी सबै पक्षमा ध्यान दिए ती संस्थाहरू तुलनात्मक रूपमा सफल भएका छन् । हाल मर्जर भएका भन्दा नभएका अधिकांश संस्थाहरूको समग्र कार्यसम्पादन राम्रो देखिन्छ । संस्थाहरूले प्रशस्त समय लिएर मर्जरको निर्णय गर्नुपर्छ ।’

मर्जरमा जाने संस्थाहरुम मर्जरपछि सञ्चालक समितिको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा नयाँ व्यक्त चयन गर्दा उपयुक्र हुने कार्यादलको सुझाव छ । ‘सञ्चालक समितिको अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतमा नयाँ व्यक्ति चयन गर्दा मर्जर पछि पनि राम्रो हुनसक्ने देखिएकाले संस्थाहरूलाई सोबारेमा अध्ययन गर्न सुझाव दिनुपर्छ,’ प्रतिवेदनमान भनिएको छ, ‘नयाँ संस्थामा समान तहमा काम गर्ने कर्मचारीहरूको पारिश्रमिक निश्चित अवधिभित्रमा समान बनाउन सुझाव दिनुपर्छ,’