
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । साताको कारोबारको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १९.९२ अंकले घटेर २५९५.१० बिन्दुमा रोकिएको छ ।
अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार पनि नेप्से १०.६६ अंकले घटेको थियो । त्यसअघिका तीन कारोबार दिन भने नेप्से लगातार बढेको थियो ।
आइतबार नेप्सेमा कुल ४ अर्ब ५२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साताको बिहीबार भने नेप्सेमा कुल ४ अर्ब ५१ करोडको कारोबार भएको थियो ।
आइतबार कारोबारमा आएकामध्ये ४३ कम्पनीको सेयर मूल्य बढ्दा २०७ कम्पनीको घटेको छ । यस्तै, ७ कम्पनीको मूल्य भने स्थिर छ ।
आज एसवाई प्यानेल नेपालको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ ।








प्रतिक्रिया