
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १३ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थसहित( वितरण गर्ने घोषणा गरेको हो ।
पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।








प्रतिक्रिया