
काठमाडौं । कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायका नेपाल सरकारेको लगानी रहेको सार्वजनिक संस्थाने पनि बैंकमा १५ प्रतिशतभनदा धेरै सेयर धारण गर्न नपाउने भएका छन् ।
कुनै एक बैंकमा बढीमा १५ प्रतिशत र अन्य बैक तथा वित्तीय संस्थामा चुक्ता पुँजीको १ प्रतिशतभन्दा बढी नहुेन गरी सेयर कायम गर्न राष्ट्र बैंकले निर्देशन दिएको छ ।
यसअघि कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष लगायत नेपाल सरकरोको लगानी रहेका सार्वजनिक संस्थानले एकभन्दा बढीमा १ प्रतिशतभन्दा माथि सेयर धारण गर्न दिएको थियो ।
नेपाल सरकारको ५० प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका वित्तीय क्षेत्रसँग सम्बन्धित संस्था कर्मचारी सञ्चयकोष, नागरिक लगानी कोष र राष्ट्रिय बीमा संस्थानको हकमा बढीमा २५ प्रतिशतसम्म राष्ट्र बैंकको स्वीकृति लिई एकभन्दा बढी बैंक तथा वित्तीय संस्थामा संस्थापक सेयर लगानी गर्न सक्ने व्यवस्था थियो ।
त्यसलाई संशोधन गर्दै २०८७ असार मसान्तभित्र एक बैंकमा बढीम १५ प्रतिशत र अन्य बैंकमा १ प्रतिशतभन्दा कम सेयर कायम गर्न निर्देशन दिएको हो । ‘यस निर्देशन जारी हुनुपूर्व एक बैंकमा बढीम १५ प्रतिशत र अन्य संस्थामा १ प्रतिशतसम्मको सीमा भन्दा बढी सेयर धारण गरेका सेयरधनीले २०८७ असार मसान्तसम्म उक्त सीमा भित्र ल्याइसक्नुपर्ने,’ निर्देशनमा भनिएको छ ।
उक्त मिति पश्चात समेत सीमा कायम नभएमा सीमाभन्दा बढी सेयर धारण गर्ने संस्थापक सेयरधनीहरुको हकमा तोकिएको सीमाभित्र नआएसम्म सम्बन्धित बंैक तथा वित्तीय संस्थाबाट वितरण गरिने नगद लाभांश तथा बोनस सेयर रोक्का राखी सम्बन्धित संस्थाबाट जारी गरिने हकप्रद सेयरमा सहभागी हुन बन्देज लगाउने भएको छ ।
त्यस्तो बैंक तथा वित्तीय संस्थालाई गाभ्न/गाभिन निर्देशन दिन सकिने र निर्देशनले सम्बन्धित सेयरधनीले चाहेको खण्डमा हकप्रद सेयर हक हस्तान्तरण गर्न भने बाधा नपुग्ने उल्लेख छ ।







प्रतिक्रिया