
काठमाडौं । बैंकहरूले आर्थिक वर्ष सकिएपछि असुल गरेको ब्याजलाई अघिल्लो आर्थिक वर्षका आम्दानी जनाउन नपाइने भएको छ ।
राष्ट्र बैंकले आर्थिक वर्ष सकिँदा बक्यौता रहेको ब्याज आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएमा अघिल्लो आर्थिक वर्षमा आम्दानी जनाएर लाभांश वितरण गर्न दिँदै आएको थियो ।
अब भने आर्थिक वर्षका मसान्तसमम असुल भएको ब्याजको मात्रै आम्दानी जनाउने पाइने भएको हो । ‘बैंक तथा वित्तीय संस्थाको लेखानीति बमोजिम लेखांकन गरिएको कर्जाको ब्याज आम्दानीमध्ये राष्ट्र बैंकको निर्देशन बमोजिम प्रोदभावी आधारमा लेखांकन गरिने ब्याज आम्दानीमध्ये प्राप्त हुन बाँकी ब्याज आम्दानी बराबरको रकममा प्रचलित व्यवस्थाअनुसारको आयकर तथा कर्मचारी बोनस तथा बैधानिक कोष (साधारण जगेडा कोष र संस्थागत सामाजिक उत्तरदायित्व कोष) मा जम्मा गरेको रकम कट्टा गरी बाँकी रकमलाई सञ्चित मुनाफालाई खर्च गरी नियमनकारी कोषमा जम्मा गर्नु पर्नेछ,’ संशोधित व्यवस्थामा भनिएको छ ।
यसअघि असुल नभएर प्रोदभावी आधारमा लेखांकन गरीने ब्याजमध्ये आर्थिक वर्ष सकिएको १५ दिनभित्र असुल भएको ब्याज बाहेक मात्रै त्यस्तो कोसमा जम्मा गर्नुपर्ने व्यवस्था थियो ।










प्रतिक्रिया