नेकपा एमाले अजम्बरी छ : अध्यक्ष ओली

35
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र अजय र लोकतन्त्र अजम्बरी रहेको बताएका छन् ।

भक्तपुरको सल्लाघारीमा पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘सम्झिरहेको छु तीन महिनाअघिका कहाली लाग्दा दिन । जतिबेला देश आततायीबाट जलाइएको थियो’, ओलीले भने, ‘संविधान र लोकतन्त्रसहितका आधार स्तम्भ राजनीतिक दलमाथि भिषण हमला गरिएको थियो ।’

उनले जनेजी आन्दोलनपछि पुराना नेता र दलका दिन गए भनेर भाष्य निर्माण गर्न खोजिए पनि महाधिवेशनमा धुवा, खरानी र निषेधलाई चिर्दै जनसागर उर्लिएको बताए ।

‘त्यसैले लोकतन्त्र अजय छ, नेकपा एमाले अजम्मरी छ’,ओलीले भने, ‘देश र सम्पूर्ण जनतालाई समृद्ध र सुखी बनाउने हाम्रो गन्तव्य अघि बढिरहेका छ ।’

एमालेलाई निर्णायक राष्ट्रिय शक्तिका रूपमा स्थापित गर्ने कुरा स्टन्ट मात्र नभएर साकार पारेरै छाड्ने दाबी ओलीको छ ।