एमाले महाधिवेशन : देउवा, प्रचण्ड र माधव सहभागी नहुने

91
Shares

काठमाडौं । आजदेखि सुरु भएको नेकपा एमालेको ११ औँ महाधिवेशनमा कांग्रेस सभापति शेरबहादुर देउवा सहभागी नहुने भएका छन् ।

यस्तै नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्ड र सहसंयोजक माधव नेपालले पनि सहभागिता नजनाउने बताएका छन् ।

कांग्रेसको तर्फबाट शुभकामना दिन देउवाको स्थानमा कार्यवाहक सभापति पूर्णबहादुर खड्का जाने उनको सचिवालयले जनाएको छ। एमालेले उद्घाटन समारोहमा सहभागी हुन १६ दललाई निम्ता दिएको थियो।

देउवालाई भने एमालेका महाधिवेशनमा अतिथि सत्कार समितिका संयोजक रघुवीर महासेठ र नेता महेश बर्तौँलाले निवासमै पुगेर बोलाएका थिए।

उता प्रचण्ड र माधव दुवै अहिले पार्टी एकता सन्देश सभालाई सम्बोधन गर्न सुर्खेत पुगेका छन्। नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट नेता देव गुरुङले सम्बोधन गर्ने प्रचण्डका प्रमुख स्वकीय सचिवमा गोविन्द आचार्यले बताए।

एमालेले नेकपा, कांग्रेस, रास्वपासहित १६ दललाई उद्घाटन समारोहमा बोलाएको थियो।