
काठमाडौं । भन्सार एजेन्टको माग सम्बोधन भएको छ भने पेनडाउनका कार्यक्रम फिर्ता भएको छ । भन्सार एजेन्टको माग सम्बोधन गर्ने गरी भन्सार विभागले निर्णय गरेको जानकारी दिएको छ ।
भन्सार एजेण्ट महासंघको बुधबारको पत्रसाथ विभिन्न किसिमका मागहरु भन्सार विभागमा पेश गरिएकोमा व्यवस्थापन सुधार गर्ने र विभागरकार्यालयबाट सम्बोधन हुने प्रकृतिका माग राखेको थिए ।
भन्सार एजेन्टका ति मागहरु विभागरकार्यालयबाट क्रमशः कार्यान्वयन गर्दै जाने निर्णय भएको छ विभागको भनाइ छ ।
एजेन्टका नियमावलीमा सम्बोधन गर्नुपर्ने उपयुक्त मागका विषयमा अर्थ मन्त्रालयमा अवगतार्थ पठाउने गरी बुधबार निर्णय भएको व्यहोरा जानकारी एक प्रेस विज्ञप्तिमार्फत उल्लेख छ ।
भन्सार ऐन २०५२ मा समावेश गरिएका कतिपय प्रावधानहरुले भन्सार एजेन्टहरुको पेशागत हकहित, काम गर्ने सहजता तथा अन्तर्राष्ट्रिय व्यापार सहजीकरणमा समेत नकारात्मक असर पुऱ्याउने वातावरण सृजना भएको दाबी भन्सार एजेन्टको छ ।
भन्सार विभागको उक्त निर्णयपछि भन्सार एजेन्ट महासंघले मंसिर २३ गते देखी देशभरका भन्सार कार्यालयहरुमा पेन डाउन लगायतका विरोधका कार्यक्रम फिर्ता लिएको छ । भन्सार विभाग र महासंघबीच छलफल सकारात्मक रुपमा महासंघका माग सम्बोधन भएकोले पेन डाउन कार्यक्रम फिर्ता लिएको महासंघले जानकारी दिएको छ ।







प्रतिक्रिया