सिटिजन्स लाइफले २० प्रतिशत लाभांश दिने

105
Shares

काठमाडौं । सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले २० प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट सेयरधनीलाई हाल कायम चुक्ता पूँजीको २० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीको २४ मंसिरमा बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पूँजी ५ अर्ब रुपैयाँको २० प्रतिशतले हुने १ अर्ब रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । लाभांशमा लाग्ने कर प्रयोजनको लागि समेत उक्त लाभांश वितरण गर्ने प्रस्ताव कम्पनीले गरेको हो ।

कम्पनीको प्रस्तावित लाभांश नेपाल बिमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि सेयरधनीमा वितरण हुनेछ ।