२० इन्टरनेट कम्पनीलाई रोयल्टी तिर्न प्राधिकरणको ताकेता, ३५ दिनभित्र नतिरे लाइसेन्स खारेज गर्ने चेतावनी

203
Shares

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले २० वटा इन्टरनेट सेवाप्रदायक कम्पनीहरुलाई ३५ दिनभित्र रोयल्टी र ग्रामीण दूरसञ्चार विकास कोष (आरटीडीएफ)को शुल्क तिर्न ताकेता गरेको छ ।

प्राधिकरणले उक्त शुल्क ३५ दिन भित्र तिर्न सार्वजनिक सूचना प्रकाशन गरेर आग्रह गरेको छ । प्राधिकरणले ३५ दिन भित्र रोयल्टी र आरटीडीएफ नतिरे ति सेवाप्रदायकको लाइसेन्स खारेजसम्मको कारवाही गर्ने चेतावनी पनि दिएको छ ।

दूरसञ्चार प्राधिकरणका ऐन अनुसार दूरसञ्चार सेवाप्रदायक सबै कम्पनीहरुले वार्षिक आम्दानीको ४ प्रतिशत रोयल्टी र २ प्रतिशत आरटीडीएफ शुल्क तिर्नुपर्छ ।

सरकारलाई तिर्नुपर्ने शुल्क नतिरेको, अडिट रिपोर्ट पेश नगरेको, वाािषर््क विवरण पेश नगरेकोसहतिको सहितका कारण देखाएका ति कम्पनीहरुलाई तत्काल प्राधिरकणको निर्देशन मान्न सूचना जारी गरिएको छ ।