टेलिकमको मोबाइल डेटा एक घण्टादेखि चलेन, प्राविधिक समस्या पत्ता लगाउँदै

294
Shares

काठमाडौं। सरकारी दूरसञ्चार कम्पनी नेपाल टेलिकमको मोबाइल डेटा एक घण्टादेखि चलेको छैन् । मोबाइल डेटा नचल्ने, डेटा प्याक लिएका उपभोक्तालाई प्याक नसिकदै सकिएको जानकारी आउनेसहितको समस्या देखिएको छ ।

टेलिकमले मोबाइल नेटवर्कमा मोबाइल डेटा (इन्टरनेट) साँझ ५ बजेदेखि चलेको छैन् डेटा नचल्दा यसका प्रयोगकर्तालाई समस्या परेको छ । नेपाल टेलिकमा प्रवक्ता रवीन्द्र मानन्धरले भने काठमाडौंमा विभिन्न ठाउँका डेटा नचलेको गुनासो आएकोले के कारणले हो भनेर प्राविधिक कारण पत्ता लगाउने काम भइरहेको छ ।

उनका अनुसार समस्याका कारण एकीन नभएको पनि उनले बताए । टेलिकमको मोबाइलमा फोन लाग्ने र कुराकानी भइरहेको भएपनि डेटा भने सिग्नल नै नदेखाउने र नचल्ने भएको छ । यसको समस्या पत्ता लगाएर छिट्टै सेवा सुचारु गर्ने टेलिकमको भनाइ छ ।