
एजेन्सी । अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन् ।
दुवै देशबीच बढिरहेको तनाव र युद्धको डर घटाउनका लागि वार्ता गर्न ट्रम्प लचिलो देखिएका हुन् ।
ट्रम्पले मदुरोलाई लागूऔषध तस्करीका रूपमा आतंकवाद अर्थात् नार्कोटेररिस्ट कार्टेल चलाएको आरोप लगाएका छन् । मदुरोले त्यस आरोपलाई अस्वीकार गरेका छन् ।
‘हामी मदुरोसँग केही कुराकानी गर्न सक्छौं, के हुन्छ हेर्दै जाऔं,’ ट्रम्पले आइतबार फ्लोरिडामा बताए, ‘तिनीहरू कुरा गर्न चाहन्छन् ।’
भेनेजुएलाको सरकारले कार्टेललाई सहयोग गरेर अमेरिकाभित्र लागूपदार्थ तस्करी गराएको र लाखौं हिंस्रक अपराधीहरूलाई अमेरिकी सिमानातिर छोडेको ट्रम्पले फेरि दाबी गरे । स्टेट डिपार्टमेन्टले कार्टेल दे लोस सोलेसलाई विदेशी आतंकी संगठनको सूचीमा राखेपछि अमेरिकाले भेनेजुएलामा रहेका लक्ष्यहरूमा प्रहार गर्न कानुनी अनुमति पाएको उनले बताए ।
सेप्टेम्बर महिनादेखि अमेरिकाले क्यारिबियनस्थित अन्तर्राष्ट्रिय जलसिमानामा २० भन्दा बढी कार्टेल भनिएका जहाजहरूलाई निशाना बनाएको छ । साथै, यूएसएस जेराल्ड आर फोर्डसहित ठूलो जलसैनिक फौजलाई उक्त क्षेत्रमा पठाएको छ । अगस्ट महिनामा ट्रम्पले मदुरोलाई पक्राउ गर्न घोषणा गरिएको इनाम ५ करोड डलर पु¥याएका थिए ।
मदुरोले लागूपदार्थ तस्करीका आरोपहरू अस्वीकार गर्दै अमेरिकालाई मूर्खतापूर्ण युद्ध सुरु नगर्न चेतावनी दिएका छन् ।
‘अब कुनै अन्त्यहीन युद्ध थाल्नु हुँदैन । कुनै अन्यायपूर्ण युद्ध चाहिँदैन । अब लिबिया जस्तो हुँदैन । अब अफगानिस्तान जस्तो हुँदैन,’ मदुरोले बिहीबार कराकासमा भएको एउटा ¥यालीमा सीएनएका स्टेफानो पोजोबोनलाई बताए ।
क्यारिबियाली क्षेत्रमा अमेरिकी सैन्य तैनाथी बढेपछि मदुरोले देशको सेनालाई ‘उच्च सतर्कता’ मा राखेका छन् र धेरै सैन्य अभ्यासहरू सुरु गरिएका छन् ।








प्रतिक्रिया