
एजेन्सी । भारतले देशभरिकै सबभन्दा लामो पुल बनाएको छ ।
असममा रहेको भूपेन हजारिका पुल ९.१५ किलोमिटर लामो छ । लोहित नदीमा बनेको यो पुलले असम र अरुणाचल प्रदेशलाई जोड्छ ।
कुल ८७६ करोड भारुमा यो पुल बनेको हो ।
यसलाई नवयुग इन्जिनियरिङ कम्पनीले बनाएको हो । सन् २०११ मा भारत सरकार र उक्त कम्पनीबीच पुल बनाउने सम्झौता भएको थियो । यसलाई पब्लिक प्राइभेट पार्टनरशिप मोडलमा बनाइएको थियो ।
यस पुलले पूर्वोत्तर भारतमा पर्यटन प्रवर्धन गरेको छ । त्यस क्षेत्रका ढोला र सदिया सहित कैयौं गाउँमा पुलकै कारण आर्थिक उन्नति भएको छ । घरजग्गा व्यवसाय पनि फस्टेको छ । ती कारणहरूले त्यहाँको आर्थिक वृद्धिमा योगदान गरेको छ ।
भूपेन हजारिका पुलमा ६० टनभन्दा बढी तौल भएका सैन्य ट्यांकहरू पनि गुड्न सक्छन् । चीन सीमासम्म युद्ध ट्यांक पुर्याउनका लागि यो पसल महत्त्वपूर्ण छ ।










प्रतिक्रिया