मानिसलाई एआईमार्फत विस्थापित गराउने प्रविधि कम्पनीका मालिकहरूको योजना

28
Shares

एजेन्सी । कृत्रिम बुद्धिमत्ता (एआई) को क्रान्ति अब भविष्यको कुरा मात्र रहेन ।

विश्वका ठूला प्रविधि कम्पनी र अर्बपतिहरू तीव्र गतिमा मानवीय श्रमलाई प्रतिस्थापन गर्न, समाजलाई पुनःआकार दिन र राजनीति नियन्त्रण गर्न लागिपरेका छन् । उनीहरूले यसलाई मानव कल्याणको नाम दिएका छन् तर संसार नियन्त्रण गर्ने उनीहरूको वास्तविक उद्देश्य हो ।

अब त उनीहरूले यो कुरा खुलमखुला भन्न थालेका छन् ।

‘निकट भविष्यमा मानिसहरू धेरै कुरामा आवश्यक रहने छैनन्,’ बिल गेट्सले खुलेआम भनेका छन्, ‘सबै कुरा हामीले निर्णय गर्नेछौं ।’

यहाँ हामी भन्नाले सम्भवतः एआईबाट लाभ उठाउने प्रविधि कम्पनीका प्रमुखहरू र राजनीतिकर्मीहरूलाई संकेत गरिएको हो । तिनीहरूले मानव क्षमतालाई घटाउने योजना बनाइरहेका छन् ।

एआईले संसारमा ठूलो प्रभाव पार्ने र यो गलत दिशामा जान पनि सक्न ओपनएआईका प्रमुख कार्यकारी साम अल्टम्यान बताउँछन् । उनका अनुसार, प्रविधि कम्पनीहरूले अझै मानिसहरूलाई बिस्तारै एआईमा बानी पार्ने समय पाएका छन् । सर्वसाधारणलाई प्रविधिमा पूर्ण निर्भर बनाउने त्यसको अर्थ हो ।

माइक्रोसफ्ट, गुगल, ओपनएआई र मेटा जस्ता कम्पनीहरू राजनीतिक रूपमा सही देखिने प्रयासमा रहेको र सत्य उनीहरूका लागि महत्त्वपूर्ण नरहेको सामाजिक सञ्जाल एक्सका मालिक इलोन मस्क बताउँछन् । एआई प्रयोग गरेर गोप्य प्रचार गरिने र त्यसले समाज र निर्वाचनलाई नियन्त्रण गर्न सक्ने उनले चेतावनी दिएका छन् ।

अमेरिकी नागरिक र सैनिकले विदेशमा हुँदा पनि इमेल वा फ्याक्समार्फत मतदान गर्न अनुमति पाउने उनको भनाइ छ । तर, कागजी मतपत्र मात्र बुझाउन सकिन्छ । यसले नक्कली हस्ताक्षरको सम्भावना पनि खुला राखेको मस्क बताउँछन् ।

आजका दिनमा मानव आकारका रोबोट र एआई सञ्चालित मशिनहरू विज्ञानकथाका कुरा रहेनन् । ती गस्ती गर्न, वेल्डिङ गर्न र निरीक्षण गर्न सक्षम छन् । भविष्यमा यिनीहरूले नागरिकहरूको तर्फबाट भोट पनि हाल्न सक्ने सम्भावना देखिएको छ ।

एआईले छिट्टै मानवहरूको डिजिटल प्रतिरूप बनाउने स्टेबिलिटी एआईका संस्थापक इमाद मोस्ताक बताउँछन् । त्यसले उनीहरूको काम र बैठकहरू सटीक रूपमा सञ्चालन गर्नेछ । त्यसकारण मानिसको अनुपस्थिति पनि अनुभव नहुने अवस्था आउनेछ । बिस्तारै रोबोटहरूले सबै काम कब्जा गर्नेछन् ।

पेपाल र पालन्टिरका सह–संस्थापक पिटर थिएल खुलेआम रूपमा स्वतन्त्रता र लोकतन्त्र सँगसँगै चल्न नसक्ने बताउँछन् ।

प्रविधिले अब साना समूह वा व्यक्तिलाई पनि ठूला प्रणाली र समाज परिवर्तन गर्ने शक्ति दिएको उनको भनाइ छ । राजनीतिक नभई प्रविधिमार्फत शासन गर्ने बाटो खुलेको उनी बताउँछन् ।

त्यसैगरी एआईले मान्छेको मस्तिष्क र व्यक्तित्वको प्रतिलिपि बनाउन सक्ने विश्व आर्थिक मञ्चका संस्थापक र प्रमुख क्लाउस श्वाब दाबी गर्छन् । त्यसले तपाईंको डिजिटल स्वरूपलाई शारीरिक मृत्युपछिसम्म पनि जीवित राख्नेछ । उनी यसलाई मानवताको उपहारका रूपमा प्रस्तुत गर्छन् ।

विश्वका प्रविधि क्षेत्रका अर्बपतिहरू एआईलाई मानवको सहायकका रूपमा नभई मानवलाई प्रतिस्थापन गर्नतिर उन्मुख छन् । स्मार्ट प्रविधिका नाममा शक्ति र नियन्त्रण केही सीमित व्यक्तिको हातमा सीमित हुँदैछ । यो अब प्रविधिको मात्र नभई मानव अस्तित्वकै प्रश्न बन्न थालेको छ ।