जेनजीलाई नेपाल टेलिकमको ५ हजारमै एक वर्षको इन्टरनेट दिने, तीन महिनाभित्र जडान गर्नुपर्ने

1.8k
Shares

काठमाडौ । नेपाल टेलिकमले जेनजी समूहका विद्यार्थीलाई ५ हजार रुपैयाँमै एक वर्षको इन्टरनेट अफर ल्याएको छ । टेलिकमले विद्यार्थीलाई लक्षित गरी सस्तोमा गुणस्तरीय सेवा दिने गरी यो अफर ल्याएको टेलिकमले जानकारी दिएको छ ।

टेलिकमले कार्त्तिक २३ गतेदिख आगामी माघ २२ गतेसम्म उपलब्ध हुने ल्याएको यस्तो अफरकरसहित ४ हजार ९९९ मा ३० एमबीपीएस गतिको इन्टरनेट सेवा एक वर्षका लागि उपलब्ध गराइएको जानकारी दिएको छ । साविक बमोजिमको जडान शुल्क ५०० रुपैयाँ थप लाग्नेछ ।

अफरको साथमा विद्यार्थीले १ थान ड्युअल ब्याण्ड सीपीइ र बढीमा १०० मिटर ड्रप फाइबर निःशुल्क प्राप्त गर्न सक्नेछन् । अफर लिनका लागि विद्यार्थीले उक्त अवधिभित्र १९८ मा सम्पर्क गरी डिमाण्ड पोर्टल मार्फत वा नजिकको नेपाल टेलिकमको कार्यालयमा उपस्थित भै आवेदन दिन सक्नेछन् ।

यस अफर अन्तर्गत उपलब्ध गराइएको एफटीटीएच प्याकेजको समयावधि समाप्त भए पश्चात पुनः यसै प्याकेजमा नवीकरण गर्न नसकिने छ । यस्तो सेवा नवीकरण गर्न चाहने विद्यार्थीले साविकमा उपलब्ध गराइएका प्याकेजहरु मध्येबाट आफ्नो आवश्यकता बमोजिमको कुनै एक प्याकेज छनोट गरी सेवा प्रयोगलाई निरन्तरता दिन सक्नेछन् ।

यस अफर अन्तर्गत एफटीटीएच सेवा खरिद गर्ने विद्यार्थीले प्याकेज भ्यालीडिटी समाप्त भए पश्चात् साविकका अन्य प्याकेजहरुमा नवीकरण गर्न नचाहेमा शुरुमा उपलब्ध गराइएको सीपीइ फिर्ता गर्नुपर्नेछ ।

अफर प्राप्त गर्नका लागि आवेदन फारमका साथ मान्यता प्राप्त विद्यार्थी परिचयपत्र, स्पष्ट जन्ममिति खुल्ने प्रमाणपत्रको प्रतिलिपि, नाबालिगको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि आवश्यक पर्ने छ ।

टेलिकमले ल्याएको यस्तो अपर विसं २०५४ साल वा सोपछि जन्ममिति भएका विद्यार्थीका लागि किफायती मूल्यमा उच्च गुणस्तरीय इन्टरनेट प्रदान गर्न एनटी फाइबर विद्यार्थी अफर सञ्चालनमा ल्याएको जानकारी दिएको छ ।