विहानैदेखि बिग्रिएको रनवे लाइट दिनभरको प्रयासलेसमेत नबन्दा साँझ परेपछिका सबै उडान ठप्प

2k
Shares

काठमाडौं । शनिबार विहानैदेखि बिग्रिएको रनवेको एयरफिल्ड लाइट सिस्टम बनाउन नसकेको कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थको सबै उडान साँझ पर्नासाथ बन्द भएको पाइएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विहानैदेखि बिग्रिएको लाइट दिनभरको प्रयासमा पनि बनाउन नसकेको कारण साढे पाँचदेखि आवश्यक रनवे लाइट नहुँदा उडान अवतरण गर्न नसकेको हो ।

सबै सिस्टम अन्डारग्राउण्ड हुने भएकोले कहाँ समस्या आएको भन्ने पत्तै नलागेको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका महाप्रवन्धक हंसराज पाण्डेले बताए । उनका अनुसार विहानैदेखि रनवे लाइट विग्रिएको थियो ।

दिनभरको प्रयासले पनि बनाउन नसकेपछि रात परेपछि जसरी बत्ति नहुँदा घर अध्यारो हुन्छ रनवे पनि तेस्तै भयो । रनवेमा लाइट नहुँदा उडान अवतरणसमेत गराउन नसकिएको उनले बताए । समस्या पत्ता लगेको अवस्थामा २ मिनेटमा काम सकिन्छ भने पत्ता लागेन भने रातभरी पनि लाग्न सक्छ पाण्डेले भने ।

विमानस्थलका प्रवक्ता रिन्जी शेर्पाका अनुसार एयरफिल्ड लाइटिङ सिस्टमा समस्या आएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ ।

उनका अनुसार रनवे किनारमा राखिएका एयरफिल्ड लाइटमा समस्या देखिएपछि साँझ साढे ५ बजेदेखि विमानस्थलबाट हुने उडान तथा अवतरण बन्द गरिएको छ ।

उडान बन्दबाट अन्तर्राष्ट्रिय उडान डाइभर्ट भएका छन भने आन्तरिक उडान जुन विमानस्थलमा जहाज छन त्यहीँ रोकिएका छन् । रनवेको एयरफिल्ड लाइटिङ सिस्टमको मर्मत भइरहेको विमानस्थलका प्रवक्ता शेर्पाले बताएपनि तत्कालै मर्मत गर्न सक्ने अवस्थामा नहुँदा उडान ठप्प हुन पुगेको हो । उनका अनुसार लाइट मर्मत नभएसम्म उडान अवतरण हुँदैन त्यसका लागि मर्मतको काम जारी छ ।

‍उडान हुने अपेक्षामा साड ८ बजेसम्ममा फ्लाइ दुवइ, बाटिक एयर, इण्डिगो, एयर इण्डिया र कतार एयरलाइन्सले यात्रुलाई बोडिङ गराएर राखेका छन् ।

नेपाल आउनुपर्ने विदेशी वायुसेवाका उडान भने काेरियन र फ्लाइ दुबइ भारत डाइभर्ट भएका छन् । कतार र नेपाल एयरलाइन्सले होल्ड गरिरहेका छन् । उनीहरुले अनुकुल समय निमले डाइभर्ट गरेर भारततर्फ जाने छन् । अन्तरिक उडान भने काठमाडाै‌काे यतै र बाहिरी विमानस्थलका उतै रोकिएका छन् ।