ग्लोबल आइएमई बैंकको लाभांश घोषणा

238
Shares

काठमाडौं । ग्लोबल आइएमई बैंकले आफ्ना लगानीकर्तालाई दिने लाभांश घोषणा गरेको छ ।

बैंकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको हो।

बैंकले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश (कर प्रयोजनार्थ सहित) वितरण गर्ने घोषणा गरेको छ ।

असोज २५ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा नगद लाभांश वितरण गरिनेछ ।