
जुम्ला । यस वर्षको दशैंको अवधिमा करिब १० करोड रुपैयाँबराबरको कारोबार भएको छ ।
सदरमुकाम खलङ्गा बजारलगायत यहाँका स्थानीय तहमा भएको खसी र भेडा खरिद बिक्रीबाट उक्त परिमाणमा कारोबार भएको हो ।
चन्दननाथ नगरपालिका पशुपन्छी विकास शाखाका प्रमुख वीरबहादुर रावतले भने, ‘तीमध्ये स्थानीय भेडा नौ करोड ३४ लाख ८८ हजार, खसी ३७ लाख ४० हजार रुपैयाँबराबरको खरिद बिक्री भएको हो । जिल्लाभर करिब दुई करोड अन्य भेडा बिक्री भएको अनुमान गरिएको छ । यस्तै, नगरपालिका क्षेत्रबाट २६ लाख ७७ हजारको राँगो, भैँसी खरिद बिक्री भएको छ ।’
यस वर्ष दशैंका लागि मात्र पाँच हजार ८४३ भेडा, २५६ खसी र ६३ राँगो खरिद बिक्री भएको बिक्री भएको तथ्याङ्क छ । दशैंमा स्थानीय भेडाको अधिकतम मूल्य २३ हजार, न्यूनतम मूल्य नौ हजार र औसत मूल्य १६ हजार तोकिएको पशुपन्छी विकास शाखा प्रमुख रावतले बताए ।
खसीको अधिकतम मूल्य २२ हजार, न्यूनतम मूल्य आठ हजार, औसत मूल्य १५ हजार रहेको छ । यस्तै, राँगोभैँसीको अधिकतम मूल्य ६१ हजार, न्यूनतम मूल्य २४ हजार र औसत मूल्य ४२ हजार ५०० रहेको छ ।
यहाँ मुगु, कालीकोट, दैलेख, बाजुरालगायत जिल्लाबाट खसी, भेडा र राँगोभैँसी ल्याइएको थियो । गत वर्षको दशैंमा १६ करोड ३२ लाख ३१ हजार रुपैयाँ मूल्य बराबरका नगरपालिकाले जनाएको छ । गत वर्षभन्दा यो वर्ष भेडा र खसीको मूल्य औसत रूपमा ३० प्रतिशतले घटेको यहाँका स्थानीय व्यापारीले बताएका छन् ।







प्रतिक्रिया