कार्यालय प्रमुखलाई आजसम्म अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन निर्देशन

182
Shares

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आज(शनिबार) सम्म अनिवार्य रुपमा कार्यालयमा उपस्थित हुन कार्यालय प्रमुखहरुलाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज सूचना जारी गर्दै शनिबारसम्म सम्बन्धित जिल्लास्थित आ आफ्नो कार्यालयमा उपस्थित भएर प्राकृतिक प्रकोपबाट जोगिन, सर्तकताको उपाय अबलम्बन गर्न, पूर्व तयारी र प्रतिकार्यको काममा जुट्नका लागि जिल्ला सम्बन्वय अधिकारी, स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिएको हो ।